छैटाैँ इनाेभेटिभ अन्तरविधालय बास्केटबल प्रतियाेगिता २०७३
काठमाडाैँ | इनाेभेटिभ इङ्लिस स्कुलले अायाेजना गरेकाे छैटाैँ इनाेभेटिभ अन्तरविधालय बास्केटबल प्रतियाेगिता-२०७३ साल माघ १९ गते सरस्वति पूजाकाे दिन देखि सुरू गरिएकाे थियाे। याे प्रतियाेगितामा विभिन्न स्कुलका सिनियर बाेइज्, सिनियर गर्लस् तथा जुनियर बाेइजहरू भाग लिएका थिए। इनाेभेटिभ अन्तरविधालय बास्केटबल प्रतियाेगितामा काठमाडाैँ उपत्यकाकाे धेरै स्कुलहरूले भाग लिएकाे थियाे ।
सिनियर ब्वाइजमा १२,सिनियर गर्लसमा १६ तथा जुनियर ब्वाइजमा ८ टिम सहभागि जनाएका थिए।


प्रतियाेगितामा सहभागि भएका प्रतियाेगि स्कुलहरूका नाम:-
--------------------------------------------------------------------------------------------------------------------------
१) इनाेभेटिभ इङ्लिस स्कुल
२) रेडिएन्ट
३) ज्ञान निकेतन
४) माउन्ट कैलाश
५) भ्यालि पब्लिक (ललितपुर)
६) ज्ञानाेदय
७) ए०अार्इ०ए
८) बेबिलाेन
९) ग्रिनल्यान्ड
१०) भ्यालि पब्लिक (काठमाडाैँ)
११) रिब्स
१२) नभ ज्याेति
१३) हिमालया
१४) पुष्प सदन
१५) ऋिदेव
१६) स्किब
१७) एच०एच०सि०ए
१८) प्रिमियर
१९) राताे बङ्गला
२०) सपना वाटिका
२१) न्यू समिट्
२२) यूलेन्स
२३) अाेडिसि

२४) बाबा


प्रतियाेगि स्कुलहरूका खेल हुने स्कुलहरूका नामहरू


--------------------------------------------------------------------------------------------------------------------------
२०७३-१०-१९ गते(बुधबार)
--------------------------------------------------------------------------------------------------------------------------
सिनियर गर्लस्
इनाेभेटिभ "ए" ले ग्रिन्ल्यान्डलाई २०-११ ले पराजित गर्याे। इनाेभेटिभ "ए"काे जितमा ममता गुरूङ १२ अङ्कले इनाेभेटिभ "ए"लाई विजयी बनाइन्। ज्ञानाेदयले एआईएलाई १४-६ ले पराजित। ज्ञानाेदयकाे विनयीमा मनिषा शेरचनले ४ अङ्ककाे याेगदान्। त्यसै गरी ज्ञान निकेतनले रिब्सलार्इ २१-१२ र भ्याली पब्लिकले इनाेभेटिभ बी लार्इ २१-१० ले पछाडि पार्दै। ज्ञान निकेतनकी डेसी कार्कीले १२ तथा भ्याली पब्लिककी अस्मिता थापा मगरले १० अङ्ककाे याेगदान।


त्यसै गरी सिनियर ब्वाइजमा इनोभेटिभले रेडिअन्टलाई ४१–३९ तथा बेबिलनले ज्ञानोदयलाई ३७–२९ ले निराश पारे । इनोभेटिभका ईश्वर सापकोटाले १८ तथा बेबिलनका डेगर राईले २२ स्कोर गरे ।जुनियर ब्वाइजमा रेडिएन्टले ज्ञान निकेतनलाई २४–१४ तथा नवज्योतिले हिमालयलाई ५५–७ ले पन्छाए । रेडिएन्टका सुशान्तले १० तथा नवज्योतिका रमेश पाण्डेले ७ स्कोर गरे ।
--------------------------------------------------------------------------------------------------------------------------
                                                         २०७३-१०-२० बिहीबार
--------------------------------------------------------------------------------------------------------------------------
बेबिलन र युलेन्सले छैटौं इनोभेटिभ अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बिहीबार जित हात पारेका छन् ।


बेबिलनले न्यु समिटलाई ४२–१६ ले पराजित गर्यो । बेबिलनका निकेशले १५ अंक जोडे । युलेन्सले स्वप्न वाटिकालाई ३७–३२ ले हरायो । युलेन्सका सक्षमलाल जोशीले १७ अंक जोडे ।सिनियर गल्र्समा स्किब्स, एआईए र रातो बंगलाले सफलता आत्मासात् गरे । स्किब्सले श्रीदिवालाई १४–१०, एआईएले आयोजक इनोभेटिभ ‘बी’ लाई ११–९ तथा रातो बंगलाले स्वप्न वाटिकालाई १८–१४ ले पन्छाए । स्किब्सकी रिनाले ४, एआईएकी शान्ता कुँवरले ६ र रातो बंगलाकी श्रृष्टि मास्केले १० अंक बनाए ।
जुनियर ब्वाइजमा रेडिअन्टले एआईएलाई ११–४ तथा पुष्पसदनले इनोभेटिभलाई २५–२० ले निराश पारे । रेडिअन्टका राज रोकाले ४ तथा पुष्पसदनका रोजिन महर्जनले १७ अंक जोडे ।
--------------------------------------------------------------------------------------------------------------------------
२०७३-१०-२१ शुक्रबार
--------------------------------------------------------------------------------------------------------------------------
भ्याली पब्लिक हायर सेकेन्डरी स्कुल, काठमाडौंले छैटौं इनोभेटिभ अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा शुक्रबार दोहोरो जित हात पारेको छ ।भ्याली पब्लिकले एआईएलाई ४२–१६ तथा ज्ञानोदयलाई ३७–१० ले पराजित गर्यो । भ्याली पब्लिकको जितमा सविता सुवेदीले १० र रोशनी श्रेष्ठले ९ अंक योगदान गरे । गल्र्सकै अन्य खेलमा श्रीदिवाले ग्रिनल्यान्डलाई १३–८ तथा माउन्ट कैलाशले भ्याली पब्लिक, ललितपुरलाई १२–१० ले हराए ।
जुनियर ब्वाइजमा ज्ञान निकेतनले एआईएलाई १८–१६, नवज्योतिले आयोजक इनोभेटिभलाई १७–११, पुष्पसदनले हिमालयलाई २६–१३ तथा रेडिअन्टले ओडिसी इन्टरनेसनल एकेडेमीलाई १६–१० ले पराजित गरे ।
सिनियर ब्वाइजमा दोहोरो जित आत्मासात् गरेको माउन्ट कैलाशले स्वप्न वाटिकालाई ३२–१८ तथा युलेन्सलाई ३७–२२ ले पन्छायो । बाबा विरुद्धको खेलमा एचएचसीए ४८–३५ ले विजयी भयो ।
--------------------------------------------------------------------------------------------------------------------------
२०७३-१०-२३ अार्इतबार
--------------------------------------------------------------------------------------------------------------------------
आयोजक इनोभेटिभ ‘ए’ छैटौं इनोभेटिभ अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा शनिबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । इनोभेटिभ ‘ए’ ले स्किब्सलाई ३३–१५ ले सहजै पराजित गर्यो । इनोभेटिभकी ममता गुरुङले २१ अंक जोडिन् ।
सोही स्पर्धाको अन्य खेलमा रातो बंगलाले रिब्सलाई २६–१०, ज्ञानोदयले इनोभेटिभ ‘बी’ लाई २३–७ तथा एचएचसीएले भ्याली पब्लिक, ललितपुरलाई २३–९ ले हराए । रातो बंगलाकी संस्कृति मास्केले १४, ज्ञानोदयकी सोनिया गुरुङले ८ तथा एचएचसीएकी सन्जु राईले ६ अंक जोडे ।
सिनियर ब्वाइजमा पुष्पसदनले रेडिअन्टलाई ३२–२३, बाबाले ग्रिनल्यान्डलाई ३८–३३ तथा ज्ञानोदयले न्यु समिटलाई ४५–३२ ले पन्छाए । पुष्पसदनका चिरन्जिवी रोकायाले १३, बाबाका बुद्धवीर रोकाले १४ तथा ज्ञानोदयका राहुलविक्रम शाहले १६ अंक जोडे ।
जुनियर ब्वाइजमा पुष्पसदनले नवज्योतिको चुनौती १८–१३ ले समाप्त पार्दै सेमिफाइनलमा स्थान पक्का गर्यो । पुष्पसदनको जितमा रोजिन महर्जनले ९ अंक योगदान गरे । ओडिसीले एआईएलाई १८–१० ले निराश पार्यो । ओडिसीका अनिशले १० स्कोर गरे ।


ओडिसी इन्टरनेसनल एकेडेमी छैटौं इनोभेटिभ अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा आइतबार सेमिफाइनलमा प्रवेश गरेको छ । ओडिसीले ज्ञान निकेतनलाई १९–९ ले पराजित गर्यो । ओडिसीका लागि अनिश गन्दर्वले सर्वाधिक ९ अंक जोडे ।
सिनियर ब्वाइजमा पुष्प सदन र एचएचसीए क्वाटरफाइनलमा पुगे । समूह ‘ए’ को लिग खेलमा पुष्प सदनले आयोजक इनोभेटिभलाई ३५–२९ ले हराउदै विजेताका रुपमा क्वाटरफाइनल पुगेको हो । विजेताका चिरन्जिवी रोकायाले १९ अंक जोडे । इनोभेटिभ पनि उपविजेता बन्दै क्वाटरफाइनलमा पुग्न सफल भयो । एचएचसीएले ग्रिनल्यान्डको चुनौती ३४–२१ ले समाप्त पार्यो । एचएचसीएका राजकुमार राईले ११ अंक जोडे ।
सिनियर गल्र्समा रातो बंगला र स्किब्स क्वाटरफाइनलमा पुगे । रातो बंगलाले ज्ञान निकेतनलाई २४–७ ले पन्छायो । रातो बंगलाकी संस्कृति मास्केले १२ स्कोर गरिन् । सविना परियारको १२ अंक सहयोगमा स्किब्सले ग्रिनल्यान्डलाई २१–१७ ले हराउदै समूह ‘ए’ को उपविजेता बन्यो । यो समूहबाट यसअघि नै क्वाटरफाइनल पुगिसकेको इनोभेटिभले श्रीदिवामाथि २८–७ को सहज जित निकाल्दै समूह विजेता बन्यो । इनोभेटिभकी ममता गुरुङले १२ अंक जोडिन् ।
सिनियर गल्र्सको अर्को लिग खेलमा स्वप्न वाटिकाले रिब्सलाई १६–५ ले पराजित गर्यो । विजेताकी सुजाता लामाले ६ अंक जोडिन् ।
--------------------------------------------------------------------------------------------------------------------------
२०७३-१०-२४ साेमबार
--------------------------------------------------------------------------------------------------------------------------
आयोजक इनोभेटिभ इङलिस स्कुल र एचएचसीए छैटौं इनोभेटिभ अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा सोमबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।इनोभेटिभले बेबिलनलाई ४०–३४ ले पराजित गर्यो । इनोभेटिभको जितमा ईश्वर सापकोटाले १६ र्अंक योगदान गरे । विशाल राईको १६ र्अंक सहयोगमा डिफेन्डिङ च्याम्पियन एचएचसीएले युलेन्सलाई ४९–३९ हरायो ।सिनियर ब्वाइजमै पुष्पसदन र माउन्ट कैलाश पनि आ–आफ्नो खेल जित्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्न सफल भए ।पुष्पसदनले ज्ञानोदयलाई ४१–२० ले पाखा लगायो । पुष्पसदनका आशिष महर्जनले १० स्कोर गरे । माउन्ट कैलाशले बाबामाथि ३७–१२ को सहज जित दर्ता ग¥यो । विजेताका बुद्धवीर रोकाले ११ र्अंक जोडे । सेमिफाइनलमा माउन्ट कैलाशको भेट इनोभेटिभर्संग हुनेछ भने पुष्पसदनले एचएचसीएको सामना गर्नेछ ।सिनियर गल्र्समा भ्याली पब्लिक, रातो र्बंगला, डिफेन्डिङ च्याम्पियन एचएचसीए र इनोभेटिभ सेमिफाइनलमा पुगे ।

भ्याली पब्लिकले स्किब्सको चुनौती २२–६ ले समाप्त पार्यो । भ्याली पब्लिकको जितमा प्रतिक्षा मगरले ६ र्अंक बटुलिन् । रातो र्बंगलाले माउन्ट कैलाशलाई २२–१० ले हरायो । रातो र्बंगलाकी र्संस्कृति मास्केले १४ र्अंक जोडिन् । ज्ञाननिकेतन विरुद्धको खेलमा एचएचसीए २८–८ ले विजयी भयो । एचएचसीएको जितमा अनिता राईले १५ स्कोर गरिन् ।सेमिफाइनल भ्याली पब्लिक र एचएचसीए तथा रातो र्बंगला र इनोभेटिभबीच हुनेछ । जुनियर ब्वाइजको सेमिफाइनल समीकरण यसअघि नै तयार भइसकेको छ । रेडियन्टले नवज्योति विरुद्ध खेल्नेछ भने पुष्पसदनले ओडिसी इन्टरनेसनल एकेडेमी विरुद्ध प्रतिस्पर्धा गर्नेछ ।
--------------------------------------------------------------------------------------------------------------------------
२०७३-१०-२५ मङ्गलबार 
--------------------------------------------------------------------------------------------------------------------------
आयोजक इनोभेटिभ इङलिस स्कुल र डिफेन्डिङ च्याम्पियन एचएचसीए छैटौं इनोभेटिभ अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा मंगलबार फाइनलमा प्रवेश गरेका छन् ।शंखमूलस्थित घरेलु कोर्टमा इनोभेटिभले रातो बंगलालाई ३४–२६ ले पराजित गर्यो । इनोभेटिभको जितमा ममता गुरुङले १३ अंक योगदान गरिन् । सन्जुमाया राईको १५ अंक सहयोगमा एचएचसीएले भ्याली पब्लिकलाई २६–२१ ले हरायो ।

सिनियर ब्वाइजमा माउन्ट कैलाश र पुष्पसदन फाइनलमा पुगे । माउन्ट कैलाशले इनोभेटिभमाथि ३५–३२ को कठिन जित दर्ता गर्यो । माउन्ट कैलाशका भूवन बुढाले १० अंक जोडे । पुष्पसदनले डिफेन्डिङ च्याम्पियन एचएचसीएलाई ५६–४८ ले स्तब्ध पार्यो । पुष्पसदनका चिरन्जिवी रोकायाले १९ स्कोर गरे ।जुनियर ब्वाइजमा पनि पुष्पसदन फाइनलमा पुग्न सफल भयो । पुष्पसदनले ओडिसी इन्टरनेसनल एकेडेमीलाई २७–१६ ले पाखा लगाउदै नवज्योतिसंग फाइनल भेट पक्का गर्यो । पुष्पसदनका लागि रोजिन महर्जनले १५ अंक जोडे । अर्को सेमिफाइनलमा नवज्योतिले रेडिअन्टको चुनौती २९–२२ ले समाप्त पारेको थियो । नवज्योतिका सौरव लोप्चनले ११ अंक जोडे ।

--------------------------------------------------------------------------------------------------------------------------
२०७३-१०-२६  बुधबार
--------------------------------------------------------------------------------------------------------------------------
माउन्ट कैलाश, एचएचसीए र नव ज्योतिले छैटौं इनोभेटिभ कप
माउन्ट कैलाश, एचएचसीए र नव ज्योतिले छैटौं इनोभेटिभ कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि बुधबार जितेका छन् । माउन्ट कैलाश सिनियर ब्वाइज, एचएचसीए सिनियर गल्र्स र नव ज्योति जुनियर ब्वाइजमा च्याम्पियन बने । शंखमूलस्थित आयोजक इनोभेटिभ इङलिस स्कुलको कोर्टमा भएको सिनियर ब्वाइज फाइनलमा माउन्ट कैलाशले पुष्पसदनलाई ५०–४६ ले पराजित गर्यो । माउन्ट कैलाशको जितमा देवबहादुर दवाडीले १९ अंक योगदान गरे । पहिलो र दोश्रो क्वाटरमा क्रमशः ६–१४ र ९–११ ले पछि परेको स्थितिलाई उल्ट्याउदै माउन्ट कैलाश उपाधि जित्न सफल भएको थियो । तेश्रो क्वाटरमा १८–५ को अग्रता लिदै माउन्ट कैलाशले जितको आधार खडा गर्यो । चौथोमा पनि माउन्ट कैलाशले १७–१६ को अग्रता बनायो ।
सिनियर गल्र्सको उपाधि भिडन्तमा डिफेन्डिङ च्याम्पियन एचएचसीएले आयोजक इनोभेटिभलाई २२–१८ ले हराउदै उपाधि रक्षा गर्यो । एचएचसीएकी मिङमा शेर्पाले १२ अंक जोडिन् ।



एचएचसीए पनि सुरुका दुई क्वाटरमा २–५ र ४–८ ले पछि परेको थियो । बाँकी दुई क्वाटरमा क्रमशः १०–२ र ६–३ को अग्रता हासिल गर्दै एचएचसीए उपाधि जोगाउन सफल भयो ।
जुनियर ब्वाइजको फाइनलमा नव ज्योतिले पुष्पसदनमाथि ४६–२९ को सहज जित निकाल्दै नयाँ च्याम्पियन बन्यो । नव ज्योतिका संगम सेनले १२ स्कोर गरे ।
तेश्रो क्वाटरमा दुवै टिमले ९–९ को बराबरी खेले भने बाँकीमा नव ज्योति अगाडि रह्यो । नव ज्योतिले पहिलोमा १०–९, दोश्रोमा १२–६ र चौथोमा १५–५ को प्रदर्शन गर्दैै जित अन्तर फराकिलो बनाएको थियो ।
फाइनलका सर्वाधिक स्कोरकर्तात्रय देव, मिङमा र संगम आ–आफ्नो विधामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । सिनियर ब्वाइजमा युलेन्स, सिनियर गल्र्समा ग्रिनल्यान्ड र जुनियर ब्वाइजमा हिमालयले अनुशासित टिमको उपाधि हात पारे ।

विजेतालाई नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा, आयोजक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चेतनाथ चौलागार्ईं, आयोजक विद्यालयका प्रबन्ध निर्देशक अनन्त कुँवरलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । माघ १९ गतेदेखि सुरु प्रतियोगिताको सिनियर ब्वाइजमा १२, सिनियर गल्र्समा १६ र जुनियर ब्वाइजमा ८ गरी ३६ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।
--------------------------------------------------------------------------------------------------------------------------
कृप्या याे पाेस्टलार्इ स्क्दाे सेयर गरिदिनु हाेला।
!!धन्यवाद!!
--------------------------------------------------------------------------------------------------------------------------